२०८२ चैत १५ आइतवार , १२:०६:०७ बजे

Sajhamanch
'

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

आइतवार, चैत १५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज (चैत १५) अदालत पेस गरिँदै छ । ओली र लेखक दुवै शनिबार पक्राउ परेका हुन् ।शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ ।

एमालेका अध्यक्ष ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाई ठहर गरेको छ ।प्रतिवेदन कार्यान्वयन गर्न सरकारले निर्णय गरेलगत्तै दोषी ठहर भएका ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खबर