२०८२ चैत १२ बिहिवार , ११:०९:१९ बजे

Sajhamanch
'

रास्वपाद्वारा केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान

बिहिवार, चैत १२, २०८२

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ। रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको हो।

गत पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र साह ९बालेन०सँग भएको ७ बुँदे सहमतिअनुरुप बुँदा नं। ४ मा पार्टी सभापति रवि लामिछाने पार्टी सभापति र बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो। रास्वपाका नेताहरुकाअनुसार विगतमा भएको ७ बुँदे सहमति बमोजिम संसदीय दलको बैठकले बालेनलाई दलको नेता छान्नेछ।नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ। शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएकाले त्यसअगावै पार्टीले उनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी राष्ट्रपति कार्यालयलाई दिनेछ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले स्पष्ट बहुमत ल्याएकाले संविधानको धारा ७६९१० बमोजिम बालेनलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।

सम्बन्धित खबर