
वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार, गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।
पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँबराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ । सोही अवधिमा २५ अर्ब ३० करोड रुपैयाँबराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल, २० अर्ब ८५ करोडबराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।


