
बिर्तामोड । नेकपा एमाले झापा क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीको कार्यक्रम अनुसार आज फागुन ७ गते दिउँसो १ बजेबाट बिर्तामोड वडा नं ४ मा उम्मेदवारसहितकाे घरदैलो गरिएकाे छ ।
एमाले नेता तथा पूर्व सभामुख देवराज घिमिरेले उक्त भूगाेलका मतदाताहरू समक्ष स्वयम् उपस्थित भएर मत माग्नु भएको हाे ।
वडा नं. ४ सुन्दर सामुदायिक टाेलबाटसुरु गरिएकाे घरदैलाे कार्यक्रम क्रमशः कालिका टाेल, पुरानाे गाेमेन्द्र चाेक, आनन्दगञ्ज, कञ्चनजंघा टाेल र आदर्श ब्याङ्क्वेट चाेकमा पुगेर मतदाता भेटघाट गरेकाे हाे ।
वडा नं. ४ वडा कमिटीका अध्यक्ष प्रदीप खरेलले सहजीकरण गर्नुभएको उक्त टाेलस्तरीय काेणसभामा सूर्यध्वजावाहक उम्मेदवार घिमिरेले जनअपेक्षा अनुसारका भाैतिक विकास निर्माणका काम पूरा गर्न साथै मुलुक सञ्चालनका निमित्त आवश्यक ऐन नियम बनाउन पुनः एमालेलाई मत दिन आग्रह गर्नुभयो ।
बिर्तामाेड वडा नं. ४ निर्वाचन परिचालन संयाेजक देवराज कार्कीकाे नेतृत्वमा उम्मेदवारसहित गरिएकाे घरदैलाे कार्यक्रममा १४६ जना एमाले कार्यकर्ताहरूकाे उत्साहजनक सहभागिता थियाे ।


