२०८२ फागुन ७ बिहिवार , ०२:५७:११ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ ।

हिजो १ हजार ५०० रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४०० रुपैयाँ थियो ।

यस्तै हिजो तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलामा १८० रुपैयाँले बढेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८८० रुपैयाँ थियो ।

बिहिवार, फागुन ७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर