२०८२ फागुन ५ मङ्गलवार , ०३:१६:४६ बजे

Sajhamanch
'

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । आज सुनको भाउ घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको ४ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८६० रुपैयाँ थियो ।

मङ्गलवार, फागुन ५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर