२०८२ फागुन ४ सोमवार , ०२:४८:३५ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घट्यो

सोमवार, फागुन ४, २०८२

काठमाडौं । हिजो बढेको सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ ।

सुन आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको ४ हजार ९८५ रुपैयाँ रहेको चाँदीको भाउ आज १२५ रुपैयाँले घटेर तोलाको ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सोमवार, फागुन ४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर