२०८२ फागुन ४ सोमवार , १२:४९:१३ बजे

Sajhamanch
'

देश जेन–जीले होइन, अपराधीले जलाएका हुन् : एमाले अध्यक्ष ओली

आइतवार, फागुन ३, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जीको नाममा अपराधिले जलाएको बताउनु भएको छ । आज झापाको दमक नगरपालिका २ स्थित हिमालय माविमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको अन्तरक्रियामा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

गत भदौ २३ र ३४ गते मुलुकमा भएको आगजनी तोडफोड जेन–जीले पुस्ताले नगरेको उहाँको दावी छ । उहाँले भन्नुभयो “जेन–जी एउटा उमेर समूह हो, यो समूहका पुस्ताको आन्दोलनमा घुषपैठ गरेर अपराधीहरुले मुलुक जलाएका हुन् । शिक्षक विद्यार्थीले देश जलाएको होइन ।”

शिक्षकहरुको मागका विषयमा अध्यक्ष ओलीले भन्नुभयो “म प्रधनमन्त्री भएको अवस्थामा नै शिक्षकका माग उठाएइको थियो । मैले वार्तामा आउन पटक पटक शिक्षक संगठनका प्रतिनिधिहरुलाई आवह्रान पनि गरेको थिएँ । उहाँहरु आउनु भएन र सरकार र प्रधानमन्त्रीको विरोधमा मात्र उत्रनु थाल्नु भयो ।”

सबै समस्या वार्ताबाट समाधान हुन सक्थ्यो । समस्याको निकास वार्ताबाट निकाल्न सकिने अवस्था रहँदा रहँदै पनि सरकारको विरोध प्रधानमन्त्रीको विरोध मात्र गरिरहनु भयो । जुन विषयले निकास दिन सक्दैन थियो । कहाँ लगेर कसरी टुङ्याउने कहाँसम्म जाने आन्दोलनको मार्ग प्रस्ट हुन आवश्यक हुन्थ्यो । कस्ले कोसँग सम्वाद गर्ने प्रष्ट हुनुपर्ने थियो । तर त्यसो हुन नसक्दा निश्कर्षमा पुग्न सकिएन’’ अध्यक्ष ओलीले प्रष्ट पार्नुभयो ।

नेकपा एमाले झापा क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अध्यक्ष ओलीले आजै दमकका अन्य तीनवटा कार्यक्रममा सहभागिीता जनाउनु भएको जानकारी दिनुभयो । शिक्षकहरु सँगको अन्तरक्रिया पछि दमक ४ मा धिमाल जातीय विकास केन्द्रले आयोजना गरेको कार्यक्रम उहाँले सम्बोधन गर्नुभएको थियो ।

लोकतान्त्रिक धिमाल संघद्वारा संयोजन गरिएको धिमाल समुदायका नागरिकहरुसँगको भेटघाटमा उहाँले धिमाल समुदायका संग्रालय, ग्रामथान लगायतको विकासका लागि एमालेले नै प्राथमिकता दिएको बताउनुभयो । धिमाल समुदायको राजनीतिक पहुँच अभिवृद्धिका लागि एमालेले अगुवाई गरेको अध्यक्ष ओलीको भनाई थियो ।

यस्तै आज दमक ६ स्थित एमालेको वडा निर्वाचन प्रचार प्रसारको कार्यालयमा मुश्लिम समुदायले आयोजना गरेको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुभएको जनाइएको छ ।

सम्बन्धित खबर