२०८२ फागुन ३ आइतवार , ०३:३३:२८ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा २३०० रुपैयाँले बढ्यो

आइतवार, फागुन ३, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनको भाउ बढेको छ । सुन आज तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँ रहेकोमा आज बढेर तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ घटेको छ । अस्ति शुक्रवार तोलाको ५ हजार रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँले घटेर तोलाको ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

आइतवार, फागुन ३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर