
काठमाडौं । सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ ।
हिजो १०० रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ तोलामा ३४० रुपैयाँले घटेको छ । चाँदी ३४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३४० रुपैयाँ थियो ।


