२०८२ माघ २९ बिहिवार , ०३:५९:२१ बजे

Sajhamanch
'

लगातार बढेको सुनको भाउ आज तोलामा १०० रुपैयाँले घट्यो, चाँदीको बढ्यो

बिहिवार, माघ २९, २०८२

काठमाडौं । पछिल्लो पटक माघ २५ गतेदेखि लगातार बढेको सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ ।

सुन आज १ सय रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी ५० रुपैयाँले बढेर तोलाको ५ हजार ३४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २९० रुपैयाँ थियो ।

बिहिवार, माघ २९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर