२०८२ माघ २३ शुक्रवार , ०३:३७:२४ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ४ हजार २०० रुपैयाँले घट्यो

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ ।

सुन आज तोलामा ४ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९५ हजार २०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा २७० रुपैयाँले घटेको छ । चाँदी २७० रुपैयाँले घटेर तोलाको ४ हजार ७१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९८० रुपैयाँ थियो ।

शुक्रवार, माघ २३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर