२०८२ माघ २२ बिहिवार , ०३:२७:३२ बजे

Sajhamanch
'

हिजो र अस्ति बढेको सुनको भाउ आज तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

बिहिवार, माघ २२, २०८२

काठमाडौं । हिजो र अस्ति बढेको सुनचाँदीको भाउ आज घटेको छ ।

हिजो तोलामा १४ हजार ४०० रुपैयाँले बढेको सुनको भाउ आज ९ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ६२० रुपैयाँले घटेको छ । चाँदी ६२० रुपैयाँले घटेर तोलाको ४ हजार ९८० रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी तोलाको ५ हजार ६०० रुपैयाँ थियो । अस्ति चाँदीको भाउ तोलाको ५ हजार ३३५ रुपैयाँ थियो ।

बिहिवार, माघ २२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर