२०८२ माघ २२ बिहिवार , ०१:२१:१४ बजे

Sajhamanch
'

सुनसरीमा नक्कली नोटसहित एक पक्राउ, २८ हजार बरामद

बिहिवार, माघ २२, २०८२

इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट प्रयोग गरिएको सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ वर्षीय बहिस मियाँलाई नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा उनको साथबाट एक हजार दरका जाली नोट २८ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई मुद्रा सम्बन्धी कसूर अन्तर्गत आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

बिहिवार, माघ २२, २०८२ | अपराध, समाज

सम्बन्धित खबर