२०८२ माघ २१ बुधवार , ०२:४९:३२ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

बुधवार, माघ २१, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४०० रुपैयाँले बढेको छ ।

तोलामा १४ हजार ४०० रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २६५ रुपयैयाँले बढेर तोलाको ५ हजार ६०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३३५ रुपैयाँ थियो ।

बुधवार, माघ २१, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर