
काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ ।
सुन आज तोलामा एकैदिन १३ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । चाँदी तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५०० रुपैयाँ थियो ।


