२०८२ माघ ८ बिहिवार , ०६:२५:०४ बजे

Sajhamanch
'

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बिहिवार, माघ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएर आएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश सभापतिलाई उपस्थित हुन भनिएको छ ।

सम्बन्धित खबर