२०८२ माघ ८ बिहिवार , ०३:३८:२० बजे

Sajhamanch
'

हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घट्यो

बिहिवार, माघ ८, २०८२

काठमाडौं । हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ९५ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ५० रुपैयाँले घटेर तोलाको ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९२० रुपैयाँ थियो ।

बिहिवार, माघ ८, २०८२ | अर्थतन्त्र, समाज