२०८२ माघ ६ मङ्गलवार , ०७:०४:२८ बजे

Sajhamanch
'

बिर्तामोडमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु

मङ्गलवार, माघ ६, २०८२

झापा । बिर्तामोडस्थित जात्रुबारीमा पिकअपको ठक्करबाट एकजना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ की ८१ वर्षीया श्रीमाया लिम्बू रहेकी छन् । उनलाई पिकअपको पछाडिको भागले ठक्कर दिएको थियो ।

आज दिउँसो १२ः५५ बजे बिर्तामोड ५ जात्रुबारीस्थित भित्री सडकखण्डमा रहेको किराना पसलमा सामान लोड गरी ब्याक गर्ने क्रममा मे. १ ज १८०४ नम्बरको सामान बोक्ने पिकअप गाडीले लिम्बूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी लिम्बूलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार गराउने क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको हो ।

पिकअप चालक बुद्धशान्ति(३ बस्ने ३१ वर्षीय हरिप्रसाद काफ्ले र पिकअप इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित खबर