
काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदी पनि आज तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ५ हजार ८८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।


