२०८२ माघ ५ सोमवार , ०२:२३:०१ बजे

Sajhamanch
'

दमकबाट लुटिएको हतियारको गोली फेला

सोमवार, माघ ५, २०८२

झापा । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियारको गोली फेला परेको छ ।

हिजो दिउँसो ३ः४५ बजे दमक-८ अर्ग्यानिक कृषि भवनको पूर्वपट्टि गेटछेउमा ढुंगाको चेपमा कालो प्लास्टिकमा पोको पारी लुकाई राखेको अवस्थामा इन्सास राइफलको २१ राउन्ड गोली फेला परेको हो ।उक्त गोली इलाका प्रहरी कार्यालय दमकबाट जेनजी आन्दोलनको क्रममा लुटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर