
काठमाडौं । हिजो घटेको सुनको भाउ आज सामान्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँ थियो । अस्ति बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ७८ हजार रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १६० रुपैयाँले बढेर तोलाको ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ६५५ रुपैयाँ थियो ।


