
काठमाडौं । सुनचाँदीको भाउ बढ्नेक्रम रोकिएको छैन । अस्ति सोमबारयता सुनचाँदीको भाउ निरन्तर बढीरहेको छ ।
सुनचाँदी आज अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा एकैदिन ३१५ रुपैयाँले बढेर तोलाको ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो चाँदीको अहिलेसम्मकै उच्च भाउ हो । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३४० रुपैयाँ रहेको थियो ।


