२०८२ पौष २४ बिहिवार , ०३:१८:४५ बजे

Sajhamanch
'

थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय विमानस्थलमा समातिए

सोमवार, पौष २१, २०८२

काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका भारतीय नागरिक र गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम, अब्दुल राहुफ र यासिन अब्दुल्ला छन् ।

पदला १ किलो ५३० ग्राम गाँजासहित विमानस्थलको आवगमन टनेलबाट पक्राउ गरिएको हो । उनी थाई एयरको उडानमार्फत बैककबाट काठमाडौं आएका थिए ।

उनले ल्याएको गाँजा रिसिभ गर्न आएका अब्दुल र यासिन पनि समातिएका हुन् । तीनै जनालाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

सोमवार, पौष २१, २०८२ | अपराध, समाज

सम्बन्धित खबर