२०८२ पौष १८ शुक्रवार , ०३:२०:१५ बजे

Sajhamanch
'

लगातार घटेको सुनको भाउ आज तोलामा २९०० रुपैयाँले बढ्यो

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । पुस १४ गतेदेखि लगातार घटेको सुनचाँदीको भाउ आज बढेको छ । आज सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ११० रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ५९ हजार ६०० रुपैयाँ थियो ।

महासङ्घका अनुसार चाँदी आज तोलामा ११० रुपैयाँले बढेर ४ हजार ५२५ रुपैयाँमा कारोवार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४१५ रुपैयाँ थियो ।

शुक्रवार, पौष १८, २०८२ | अर्थतन्त्र, समाज