२०८२ पौष १६ बुधवार , ०३:००:२९ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ११०० रुपैयाँले घट्यो

बुधवार, पौष १६, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा एक हजार १०० रुपैयाँले घटेको हो ।

तोलामा एक हजार १०० रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ७ हजार ९०० रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा १२० रुपैयाँले घटेको छ । भाउ घटेको दिन चाँदी आज तोलाको ४ हजार ४७० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ३०५ रुपैयाँले घटेर तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार, पौष १६, २०८२ | अर्थतन्त्र, समाज