२०८२ पौष १५ मङ्गलवार , १२:१६:४३ बजे

Sajhamanch
'

मेचीनगरमा पाँच महिनामा ४६ जना नयाँ क्षयरोगी भेटिए

सोमवार, पौष १४, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकामा साउन यता पाँच महिनामा ४६ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् ।

मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सोमबार नगरपालिकाको सभाहलमा स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा सो कुरा जानकारी गराइएको हो ।

२०८२ साउनदेखि मंसिर महिनासम्ममा ४६ जना नयाँ क्षयरोगका विरामी पत्ता लागेको छ । अघिल्लो आर्थिक वर्षमा २१० विरामी पत्ता लागेको थियो । त्यसमध्ये ९४ प्रतिशत निको भए भने ६ जना क्षयरोगसँगै अन्य घातक रोग लागेका विरामीहरुको मृत्यु भएको शाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले क्यान्सर लगायतका अन्य घातक रोगहरु समेत भएका मृत्यु भएका ६ जनामा वडा नम्बर ८ का १ जना, १५ का २ जना, ११ का १ जना र १२ नम्बर वडाका २ जना रहेको जानकारी दिइन् ।

समीक्षा गोष्ठीमा जोखिमयुक्त क्षेत्र, त्यसको खोजी कार्य र अति विपन्न विरामी लगायतलाई पोसिलो खानेकुरा तिरणलाई निरन्तरता दिने छलफल भएको थियो ।

प्रमुख सापकोटाका अनुसार क्षयरोग रोगका प्रत्येक विरामीलाई वर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ ।

अघिल्लो वर्ष २२१ जना क्षयरोगका विरामीलाई पोसिलो खानेकुराको प्याकेज वितरण गरेको थियो । लगत संकलन गरिएका क्षयरोग रोगका विरामीलाई निगरानीमा राखेर उपचारमा फलोअप गरिरहेको पनि उनको भनाई छ ।

यसैगरी २०८०/०८१ मा २०५ जना र २०७९/०८० मा २०० जना क्षयरोगका विरामी भेटिएका थिए ।

एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण गर्दा सो कुरा पत्ता लागेको हो । हाल मेचीनगर २, ४, ७, १०, १२ र १५ नम्बर वडामा छातिको एक्सरे परीक्षण भएको थियो ।

सम्बन्धित खबर