२०८२ पौष १४ सोमवार , ०५:१७:३५ बजे

Sajhamanch
'

मोरङमा खोलामा नुहाउन गएकी महिला मृत भेटिइन्

सोमवार, पौष १४, २०८२

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ चपरमाडीस्थित लोहन्द्रा खोलामा नुहाउन गएकी एक महिला मृत भेटिएकी छन् छन् । २६ वर्षीय पूजा माझीको शव आइतबार राति १० बजेतिर फेला परेको हो ।

अविवाहित रहेकी पूजाको मृत्युको कारण खुल्न सकेको छैन । नुहाउने क्रममा कठ्यांग्रिएर मृत्यु भएको आशंका छ । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सोमवार, पौष १४, २०८२ | समाज

सम्बन्धित खबर