२०८२ पौष १३ आइतवार , ०५:३२:४१ बजे

Sajhamanch
'

सेती पुल चाँडो सक्न मन्त्री घिसिङको निर्देशन

आइतवार, पौष १३, २०८२

काठमाडौं । भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गर्नु भएको छ ।

मन्त्री घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ्ग सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गर्नु भएको हो ।

पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिनु भएको छ।

आइतवार, पौष १३, २०८२ | समाज

सम्बन्धित खबर