२०८२ पौष १२ शनिवार , ११:४६:५४ बजे

Sajhamanch
'

शिवसताक्षीमा निःशुल्क स्वास्थ्य शिविर : ५६५ जनाले लिए सेवा

शनिवार, पौष १२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सतासीधाम जेसीजको आयोजनामा शिवसताक्षी १० माइधारस्थित मेची अंग्रेजी माध्यमिक विद्यालयमा भएको स्वास्थ्य शिविरमा शिवसताक्षीका ५६५ जनाले सेवा लिएको सतासीधाम जेसीजले जनाएको छ ।

शिविरमा ९६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने ३५ जनालाई निःशुल्क भिडियो एक्सरे गरिएको सतासीधाम जेसीज वर्ष २०२५ अध्यक्ष पदमजंग कुँवरले जानकारी दिनुभयो ।

शिविरमा विशेष दाँत र आँखा सम्बन्धी विरामीको संख्या धेरै रहेको थियो । शिविरमा माइधाम मेडिकल हलले २ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको जनाएको छ । माइधार मेडिकल हल सञ्चालक भिम सुवेदीका अनुसार शिविरका लागि औषधि विभिन्न औषधि कम्पनी र आफ्नै मेडिकल हलबाट उपलब्ध गराइएको हो ।

शिविरमा ओमसाई अस्पताल भद्रपुरका फिजिसिन, हाडजोर्नी नशा रोग, दाँत, आँखा, प्रशुति तथा स्त्रीरोग, बालरोगका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

त्यस्तै शिविरमा ४५ जनाले रक्तदान गरेको छन् । जेसीजले स्वास्थ्य शिविरकै अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।

रक्तदानका लागि नेपाल रेडक्रस उपशाखा दमक रक्त संचार विभागको प्राविधिक सहयोग रहेको थियो । शिविर सञ्चालनका लागि शिवसताक्षी नगरपालिकालगायत ३३ संस्थाको सहयोग रहेको सतासीधाम जेसीजले जनाएको छ ।

सम्बन्धित खबर