२०८२ पौष ११ शुक्रवार , ०३:५२:०८ बजे

Sajhamanch
'

हिजो घटेको सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ ।

आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँ थियो । अस्ति सुनको भाउ तोलाको दुई लाख ६८ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । आज चाँदी १६५ रुपैयाँले बढेर तोलाको चार हजार ५६५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार ४०० रुपैयाँ थियो । अस्ति चाँदीको भाउ तोलाको चार हजार ४० रुपैयाँ थियो ।

शुक्रवार, पौष ११, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर