
झापा । खेल्ने क्रममा घरको रेलिङबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ।
गत पुस २ गते राति सवा ८ बजेको समयमा झापा बिर्तामोड नगरपालिका-४ आगमनटोल निवासी रामकुमार कार्कीको ६ वर्षीय छोरा रियान्स कार्की आफ्नै घरको ३ तला माथि रेलिङमा खेल्ने क्रममा अचानक भुईँमा लडेर घाइते भएका थिए।
घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। बालकको उपचारको क्रममा बुधवार साँझ सवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


