२०८२ पौष १० बिहिवार , ०३:१८:२८ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ आज सामान्य घट्यो

बिहिवार, पौष १०, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर तोलाको दुई लाख ६७ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ६८ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको चार हजार चार सय रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको चार हजार ४२० रुपैयाँ थियो ।

बिहिवार, पौष १०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर