२०८२ पौष ८ मङ्गलवार , ०५:३६:४५ बजे

Sajhamanch
'

माईजोगमाई गाउँपालिकामा हेल्प डेस्क स्थापना

मङ्गलवार, पौष ८, २०८२

ईलाम । माईजोगमाई गाउँपालिकामा पहिलो पटक सोधपुछ तथा सहायता कक्षको स्थापना गरिएको छ ।

माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे , उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले संयुक्त रुपमा सहायता कक्षको उद्घाटन गर्नुभएको हो ।

सहायता कक्षले गाउँपालिकाले प्रवाह गर्ने सेवाहरु सम्बन्धमा सेवाग्राहीलाई सहजीकरण गर्ने छ ।

सहायता कक्षाको स्थापना पश्चात कुन सेवा कहाँबाट कसरी प्राप्त हुने भन्ने जानकारी सेवाग्राहीलाई जानकारी प्राप्त हुने छ ।

अब सेवा प्राप्त गर्न अलमल हुनुपर्ने अवस्थाको समाधान भई सेवाग्राहीलाई सेवा प्राप्त गर्न र सेवा प्रदायकलाई सेवा प्रवाह गर्न समेत सहज भई सेवाग्राही र सेवा प्रदायक बीचमा सुमधुर सम्बन्धसमेत स्थापित हुने जनाइएको छ ।

मङ्गलवार, पौष ८, २०८२ | समाज

सम्बन्धित खबर