२०८२ पौष ८ मङ्गलवार , ०३:३०:४९ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा लगातार कीर्तिमान : सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँ पुग्यो

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एकैदिन ५ हजार ५०० रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ६१ हजार ७०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको ४ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार २३५ रुपैयाँ रहेको थियो ।

मङ्गलवार, पौष ८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर