२०८२ पौष ६ आइतवार , १०:१५:०४ बजे

Sajhamanch
'

बिर्तामोडमा दुई तहको वडास्तरीय फुटवल प्रतियोगिता जारी

आइतवार, पौष ६, २०८२

भेट्रान्स फुटबलमा वडा नं. ६ सेमिमा प्रवेश

बिर्तामोड । बिर्तामोडमा जारी वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नं. ६ सेमिफाइनलमा प्रवेश गरेको छ ।

वडा नं. ६ ले वडा नं. ७ लाई २–० गोल अन्तरले पराजित गरेको हो । वडा न ६ का लागि प्रविन राईले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरे ।

खेलको प्लेयर अफ द म्याच प्रविन राई भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । प्रतियोगितामा नगरका ८ वटा टिमको सहभागिता छ ।

प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार रुपैया पुरस्कार पाउने छन् ।

सोमबार हुने अर्को खेलमा वाकओभर पाएर क्वाटरफाइनल खेल्न लागेको वडा नं. ३ ले वडा नं. ९ को सामना गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी सहिद नेत्र पार्कको खेल मैदानमा भइरहेको वडास्तरीय फुटबल प्रतियोगितामा सोमबार वडा नं. ३ र वडा नं. ९ बीच प्रतिष्पर्धा हुनेछ ।

पहिलो चरणमा वडा नं. ३ ले वडा न ८ लाई हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको वडास्तरीय फुटवल प्रतियोगिताको फाइनल पुस १३ गते हुने अध्यक्ष विकास गिरीले जानकारी दिएका छन् ।