२०८२ पौष ६ आइतवार , १२:१२:२१ बजे

Sajhamanch
'

आज ‘विश्व ध्यान दिवस’ मनाईंदै

आइतवार, पौष ६, २०८२

काठमाण्डौ । आज ‘विश्व ध्यान दिवस’ मनाईंदैछ । ‘आन्तरिक शान्तिले विश्वव्यापी सद्भाव ल्याउँछ’ नाराका साथ यस वर्षको ‘विश्व ध्यान दिवस’ मनाउन लागिएको हो ।संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरे अनुसार नेपालमा पनि ध्यान दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको छ ।

गएको वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । राष्ट्रसङ्घको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।गएको वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ ।

त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यान बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम छ । अन्य सरोकार भएका संघसस्थाले पनि आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

सम्बन्धित खबर