२०८२ पौष ६ आइतवार , १२:१६:३४ बजे

Sajhamanch
'

महाधिवेशनको तालिका हेरफेर गर्ने कांग्रेसको तयारी

आइतवार, पौष ६, २०८२

काठमाडौं ।  नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ।सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापतिसहितका पदाधिकारीसँग शनिबार महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गरेका थिए।सभापति देउवासँगको छलफलमा कार्यबाहक सभापति पुर्णबहादुर खड्का, उपसभापति धनराज गुरूङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत सहभागी थिए।

छलफलमा महाधिवेशनको कार्यतालिका हेरफेरका विषयमा छलफल भए पनि कार्यातालिका कसरी हेरफेर गर्ने भन्ने विषयमा भने कुनै टुंगो नलागेको सहभागी एक सदस्यले जानकारी दिए।

केहीदिन पछि कार्यसम्पादन समितिको बैठकले बोलाउने र त्यही बैठकमा कार्याताललिका हेरफेर हुने बताइएको छ।त्यस्तै विधान संशोधनका लागि विधान संशोधन समिति गठन गर्ने सहमति भएको छ।त्यस्तै विभिन्न समयमा अनुशासनको कारबाहीमा परेकाको बाँकी अवधि मिनाहा गर्ने पनि सहमति भएको बताइएको छ। कांग्रेसले यही पुस २६ देखि २८ सम्म महाधिवेश गर्ने भने पनि अझै क्रियाशील सदस्यता विवादको टुंगो लगाएको छैन।

सम्बन्धित खबर