२०८२ मंसिर २८ आइतवार , ०५:३८:४४ बजे

Sajhamanch
'

‘कमेडी दरबार’ को तेस्रो सिजन भव्य सेट र नयाँ कलाकारसहित आउने

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । टेलिभिजनको लोकप्रिय कमेडी शो ‘कमेडी दरबार’ को तेस्रो सिजन आउने भएको छ । आयोजित पत्रकार सम्मेलनमा दोस्रो सिजन सफलतापूर्वक सकिएको र नयाँ सिजन चाँडै आउने जनाइयो ।

निर्देशक तथा होस्ट बिक्की अग्रवालले भव्य रुपमा नयाँ सिजन आउने बताए । ‘अब हामी छिट्टै सिजन ३ मा भेट्नेछौं । यसपटक अझ भव्य रूपमा आउने तयारीमा छौं’ उनले भने ।उनका अनुसार, तेस्रो सिजनमा सेट डिजाइनमा नयाँ शैली देख्न पाइनेछ । नयाँ कमेडियन पनि देख्न पाइने उनले बताए ।

निर्देशक श्रद्धा प्रसाईंका अनुसार शोको संरचनाअनुसार, ‘महाराजा’ वा ‘महारानी’ (जज) मा थप केही नयाँ फम्र्याटसमेत थपिने भएको छ । यसको जानकारी चाँडै दिइने उनले बताइन् ।कमेडियन तथा नन-कमेडियन चर्चित कलाकारसँग प्रस्तुत हुँदै आएको यो शो दर्शकमाझ लोकप्रिय छ । यो शो प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत दर्शकमाझ आइरहेको छ ।

‘कमेडी दरबार’ टिम अहिले फिल्म ‘ककाकिकी’ निर्माणमा समेत ब्यस्त छ । फिल्मको निर्देशन पनि विक्की र श्रद्धाले मिलेर गरेका हुन् । रिलिज डेट तय हुन बाँकी छ ।

सम्बन्धित खबर