
काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ। महाधिवेशन आउन दुई दिन अघि बाँकी कामका सन्दर्भमा छलफल गर्न पार्टी मुख्यालय च्यासलमा बैठक बस्न लागेको हो।पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा जनपरिचालनको तयारीका सन्दर्भमा उपमहासचिव प्रदीप ज्ञवालीले रिपोर्टिङ गर्नेछन्। यसैगरी १४ वटै समितिका संयोजकहरूले आफ्नो आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन्।
सबै समितिहरूलाई आफ्नो भूमिका थप प्रभावकारी बनाउन महासचिव शंकर पोखरेलले निर्देशन दिनेछन्। बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको प्रारूपका विषयमा पनि जानकारी गराइनेछ।


