
काठमाण्डौ । आज देशभरको मौसम आंशिक बदली छ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव छ । जसले गर्दा काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम आंशिक बदली भए पनि दिउँसो कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । बेलुकापछि मौसम केही फेरबदल हुन सक्ने सम्भावना छ । आज राति गण्डकीको हिमाली भागको एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुन सक्ने अनुमान छ । आज बिहान काठमाण्डौ उपत्यकाकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको थियो ।


