२०८२ मंसिर २१, शनिवार , १०:२८:५० बजे

Sajhamanch
'

अर्जुनधारा महिला भलिबलः एपिएफ फाइनलमा

शनिवार, मंसिर २१, २०८२

झापा । अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यू डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यू डायमन्डलाई हराएको हो ।

एपिएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यू डायमन्डलाई स्तब्ध पारेको थियो । न्यू डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो । एपिएफले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ ।

खेलको प्लेयर अफ द म्याच एपिएफकी जमुना सेन्च्युरी भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी फणिन्द्र आचार्य लगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

आजको जितसँगै एपिएफले भोलि हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको छ । फाइनल खेल दिउँसो १ बजेदेखि हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए ।

सम्बन्धित खबर