२०८२ मंसिर २०, शुक्रवार , १२:२०:०४ बजे

Sajhamanch
'

झापाको शनिश्चरे बजारमा आगलागी, करिब ९० लाखको क्षति

शुक्रवार, मंसिर २०, २०८२

झापा । झापाको शनिश्चरे बजारमा भएको आगलागीबाट करिब ९० लाखको क्षति भएको छ । गएराति ८ः३५ बजे अर्जुनधारा नगरपालिका ८ रातो पुल बस्ने सन्तोष साहको दुई तले पक्की घरको भुइँतलामा रहेको दुई वटा सटरमा रहेको हार्डवेयर पसलमा बिद्युत् सर्ट भई आगलागी भएको थियो ।

उक्त आगलागीबाट पसलभित्र रहेका हार्डवेयर सामग्री (सिमेन्टका बोरा, टिनको बन्डल, कलर पेन्ट, पुटिङ सिमेन्ट, झ्याल ढोका तथा भर्‍याङमा प्रयोग हुने आल्मुनियम, प्लाई, तथा विविध सामग्री) अन्दाजी ९० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, स्थानीयवासी, बिर्तामोड ,भद्रपुर र मेचीनगरको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

शुक्रवार, मंसिर २०, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर