२०८२ मंसिर १३, शुक्रवार , १०:३१:५८ बजे

Sajhamanch
'

सुनिता दुलालले गरिन् प्रेमी राजेश केसीसँग इन्गेजमेन्ट

शुक्रवार, मंसिर १३, २०८२

काठमाडौं । गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग विहिबार इन्गेजमेन्ट गरेकी छिन् । उनले यसबारेका फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

यी दुईजनाबीच शनिबार काठमाडौंमा विवाह हुँदैछ ।इन्गेजमेन्टको जानकारी दिँदै दुलाल लेख्छिन्, ‘ जीवनको नयाँ अध्याय । एकअर्काको हात समाएर, साथ-साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रोसँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस् । सुन्दर पलहरू ।’

इन्गेजमेन्ट पहिरनमा दुवैजना आकर्षक देखिएका छन् । औंठी साटासाट गर्दै गरेको फोटोमा उनीहरू दुवैजना हर्षित पनि छन् ।सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् । निर्माण व्यवसायी समेत रहेका राजेश इन्जिनियर पनि हुन् । रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

 

सम्बन्धित खबर