
‘मेरो कर्णाली मेरो समृद्धिको आधार’
कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.
विर्तामोड ४, झापा (सम्पर्क नं. ०२३ ५३१५२७ ५३४३८१)
प्रथमपटक प्रकाशित मिति : २०८२/०७/२२
दोस्रो पटक प्रकाशित मिति : २०८२/०८/११
२५औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
यस कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. झापाको मिति २०८२/०७/१९ गते बसेको संचालक समितिको ५३६औँ बैठकको निर्णय अनुसार संस्थाको २५औँ वार्षिक साधारण सभा यही मिति २०८२/०९/०४ गते सम्पन्न गर्न सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ को नियम १८ को उपनियम ५ ‘क’ तथा प्रदेश सहकारी ऐन नियम बमोजिम सहकारी संस्थाको साधारण सभा निर्देशिका २०७६ (पहिलो संशोधनसहित)मा व्यवस्था भए बमोजिम निम्न ७ वटा ईकाइ निर्धारण गरी उक्त साधारण सभा सम्पन्न गरिने भएकोले उक्त ईकाइगत साधारण सभामा उपस्थित हुन शेयर सदस्यज्यूहरु सबैमा पत्राचार गरिनेछ । पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी उपस्थितिका लागि अनुरोध गरिन्छ । उक्त ईकाइगत साधारण सभाबाट २५औँ वार्षिक साधारण साभाको माईन्युट लेखन तथा प्रमाणीकरण प्रतिनिधि छनौटसमेत गरिने भएकोले उपस्थितिका लागि पुनः हार्दिक अनुरोध गर्दछौं ।
तपसिल :

एकाइगत साधारण सभामा छलफलका लागि कार्यसूचीमा पेश गरिएको प्रस्तावहरु :
१) संचालक समितिद्वाारा प्रस्तुत गरिएको अध्यक्षको प्रतिवेदन २०८२ को सम्बन्धमा ।
२) संस्थाको आ. व. २०८१/०८२ को स्वतन्त्र लेखा परिक्षकको वार्षिक प्रतिवेदन सम्बन्धमा ।
३) संस्थाको लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन २०८२ सम्बन्धमा ।
४) आ. व. २०८२/०८३ को लेखा परीक्षण गर्न स्वतन्त्र लेखा परिक्षक नियुक्ति र पारिश्रमिक सम्बन्धमा ।
५) संस्थाको २०८१/०८२ को आय व्यय विवरण सम्बन्धमा ।
६) आ. व.२०८२/०८३ को प्रस्तावित आय व्यय विवरण तथा व्यवसायिक योजना सम्बन्धमा ।
७) सम्पत्ति शुद्धिकरण ऐन २०६४ तथा निर्देशिका २०७४ पालना सम्बन्धमा ।
८) सहकारी प्राधिकरण तथा सहकारी विभागबाट जारी गरिएको मापदण्ड तथा निर्देशन पालना सम्बन्धमा ।
९) एकाई साधारणसभा तथा अन्तिम माइन्युट प्रमाणीकरण प्रतिनिधि छनौट गर्ने सम्बन्धमा ।
१०) गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्ने सम्बन्धमा ।
११) ऋणीहरुको कर्जाको ब्याज छुट गरिएको सम्बन्धमा ।
१२) सहकारी एकीकरण गर्ने सम्बन्धमा ।
१३) बैंक तथा वित्तीय संस्थाको कर्जा तथा अनुदान स्वीकार गर्ने सम्बन्धमा ।
४) आन्तरिक कार्यविधिहरु संशोधनसहित पास गर्ने सम्बन्धमा ।
१५) शेयर लाभांस तथा संरक्षीत पूँजी फिर्ताकोष सम्बन्धमा ।
१६) विविध ।
कर्णाली बचत तथा ऋण सहकारी संस्था लि.
विर्तामोड ४, झापा


