२०८२ मंसिर १२, बिहिवार , १०:२८:२४ बजे

Sajhamanch
'

नेकपा र जसपा राजेन्द्र श्रेष्ठ पक्षबीच आज एकता हुने

बिहिवार, मंसिर १२, २०८२

काठमाडौँ ।  पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबीच बिहीबार औपचारिक एकता घोषणा हुने भएको छ।प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे शुरु हुने कार्यक्रममा एकता घोषणा हुने भएको हो। समारोहमा नेकपा र जसपा समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जसपाका केन्द्रीय सदस्य दुर्गा सुवेदीले बताए।

शुरुमा अशोक राई नेतृत्वको जसपा पूरै नेकपामा जाने भएको थियो तर पटक(पटक वार्तामा कुरा नमिलेपछि श्रेष्ठ समूह मात्र नेकपामा जान लागेको हो।गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका थिए। बिहीबार औपचारिक घोषणा हुन लागेको हो।

सम्बन्धित खबर