
कमल । कमल प्याब्सनको आयोजना भएको क्रिकेट प्रतियोगितामा विध्यासदन अंग्रेजी विध्यालय प्रथम भएको छ । कमल ५ स्थित आदिवासी रंङ्गशालामा आज भएको प्रतियोगितामा साउथपोल एजुकेशनल फाउण्डेसन उपविजेता बनेको छ ।
पछिल्लो समय क्रिकेटमा नेपालले धेरै प्रगती गरेको छ । हिजो सामान्य रुपमा रहेको नेपाल आज क्रिकेटमा विश्व सामु चिनिएको छ । त्यसैलाई मध्यनजर गर्दै प्याब्सनले समेत आफ्ना खेलकुदका कार्यक्रममा क्रिकेटलाई समावेस गरेको प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागोले बताउनुभयो ।
आज सम्पन्न क्रिकेट प्रतियोगिता संगै कमल व्याब्सनले गत मंसिर ४ गते देखी सुरु गरेको खेलकुदका सम्पुर्ण कार्यक्रम सम्पन्न भएको व्याब्सन कमलका सचिव त्रिलोचन गौतमले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टिमका खेलाडीलाई प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागो, व्याब्सन कमल अध्यक्ष दिपक संग्रौला,एन प्याब्सन अध्यक्ष हजेन्द्र बस्नेत, सल्लाहकार बदिराम राई, विजय सेन, कोषाध्यक्ष राम आङलेम्बे लगायतले ट्रफि,मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
कमल प्याब्सनमा आवद्ध भएका विध्यालयहरु मध्ये १४ वटा विध्यालयका ६०० खेलाडीका साथै खेल शिक्षक, प्रशिक्षक लगायतको उपस्थितीमा प्रतियोगिता सम्पन्न भएको हो ।


