
झापा । सुनसरीको झुम्का कारागारबाट भागेका दुईजना कैदीबन्दी झापामा पक्राउ परेका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका मेचीनगर नगरपालिका-६ का ५२ वर्षीय मदन पोखरेल र सोही ठाउँका ५८ वर्षीय उत्तम ठकुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय झापाका र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज बिहान १० बजे उनीहरूलाई घरबाटै पक्राउ गरेको हो । उनीहरूलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइसकेको डीएसपी खडकाले जानकारी दिनुभयो ।


