२०८२ मंसिर ११, बुधवार , ०१:१५:४५ बजे

Sajhamanch
'

पाँचथरमा ब्राउन सुगरसहित ५ जना पक्राउ

बुधवार, मंसिर ११, २०८२

फिदिम । ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचथरको फिदिम नगरपालिका २ साम्दिनबाट पाँचजनालाई पक्राउ गरेको छ ।

फिदिम २ साम्दिनका धनराज तुम्बापोले ब्राउन सुगरको कारोबार गरेको सूचना पाएपछि उनको घरमा प्रहरीले छापा मारेको थियो ।

तुम्बापोको घरमा खानतलासी गर्दा १० ग्राम ५२ मिलिग्राम ब्राउन सुगर फेला परेपछि तुम्बापोसहित पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णले जानकारी दिनुभयो।

तुम्बापोसहित फिदिम-८ का शुसिल गुरुङ,सोही ठाउँका बिजय गुरुङ,फाल्गुनन्द गाउँपालिका-४ का बिजय तामाङ र इलाम नगरपालिका-१ का लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधवार, मंसिर ११, २०८२ | अपराध, समाज

सम्बन्धित खबर