२०८२ मंसिर १०, मङ्गलवार , ०३:२३:३६ बजे

Sajhamanch
'

विराटनगरको प्लास्टिक उद्योगमा आगलागी

मङ्गलवार, मंसिर १०, २०८२

विराटनगर । विराटनगर महानगरपालिका– ७ मा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । मंगलबार बिहान सरस्वती प्लास्टिक उद्योगमा आगलागी भएको हो ।

प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको स्थानबाट करिब सवा ९ बजेबाट सुरु भएको आगलागी करिब ११ बजे नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको २ वटासहित दुहबी, सुन्दरहरैचा, बेलबारी नगरपालिकाको दमकल पनि प्रयोग गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण पनि संकलन भइरहेको छ ।

मङ्गलवार, मंसिर १०, २०८२ | समाज

सम्बन्धित खबर